सार्वजनिक खर्चलाई मितव्यवी र पारदर्शी बनाउन भन्दै नयाँ मापदण्ड सार्वजनिक

काठमाडौँ, २४ माघ । सरकारी कर्मचारीले बैठकभत्ता, प्रोत्साहन भत्ता, अतिरिक्त समय काम गरे वापतको भत्ता, जोखिम भत्ता र विशेष भत्ता लगायका भत्ता नपाउने भएका छन् ।

सरकारले सार्वजनिक खर्चलाई मितव्ययी तथा पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड सार्वजनिक गर्दै सरकारी पदाधिकारीहरुको भत्तामा कडाइ गरेको हो । मापदण्डअनुसार सरकारी कर्मचारी तथा पदाधिकारीले कानूनबमोजिम बाहेकका भत्ताहरु पाउने छैनन् ।

सरकारी आवास प्रयोग गर्ने पदाधिकारीहरुले आवास सुविधाबापतको रकम पनि लिन नपाउने व्यवस्था गरिएको छ । तर कानूनबमोजिम गठन भएको समिति वा कार्यदलको लागि कार्यालय समय अघि वा पछि काम गरेको अवस्थामा बैठक भुक्तानी गर्न बाधा नपर्ने मापदण्डमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा