२०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षाको फारम खुल्यो

काठमाडौँ, २४ माघ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुराना विद्यार्थीहरूका लागि मौका परीक्षाको फारम खोलेको छ ।

२०५८ सालदेखि मौका परीक्षा दिन नपाएका स्नातक तह र स्नातकोत्तर तहका लागि विद्यार्थीका लागि मौका परीक्षाको आवेदन खुला गरेको हो ।

३/४ वर्षे स्नातक तह प्रथम, दोस्रो, तेस्रो र चौथो वर्ष तथा स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो । वार्षिक प्रणाली अनुसार २०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ४ वर्षे र ३ वर्षे स्नातक तह र स्नातकोत्तर तहको मौका परीक्षाको फाराम खुला गरेको हो । त्यसका लागि माघ २४ गतेदेखि फागुन २३ गतेसम्म नियमित दस्तुर बुझाएर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम भर्न भनेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई