अर्जेन्टिनाद्वारा डब्ल्यूएचओसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा

एजेन्सी, २४ माघ । अर्जेन्टिनाकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ ।

अनेकौं मतभेदका कारण आफ्नो देशलाई संयुक्त राष्ट्र संघको सो एजेन्सीबाट फिर्ता बोलाउने आदेश दिएको अर्जेन्टिनी राष्ट्रपति हाभियर मिलेइले बताए । 

आफ्नो यो निर्णय उनको मित्र तथा मित्र राष्ट्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशसँग मिल्दोजुल्दो छ । ट्रम्पले पदभार ग्रहण गरेको पहिलो दिन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकालाई डब्लुएचओबाट फिर्ता लिने प्रक्रिया सुरु गरेका थिए ।

डब्ल्यूएचओबाट अर्काे सदस्य देशको बहिर्गमनले विश्वव्यापी स्वास्थ्यमा सहकार्यलाई अझ कमजोर बनाउने चिन्ता गर्न थालिएको छ । तर, विश्व स्वास्थ्य संगठनले २०२४/२०२५ को लागि अनुमानित ६.९ अर्ब अमेरिकी डलर बजेटमध्ये अर्जेन्टिनाबाट लगभग ८० लाख अमेरिकी डलर मात्र प्राप्त गर्ने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ चैत । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, ५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका

चितवन, ५ चैत । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत

काठमाडौँ, ५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा