नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित

काठमाडौँ, २३ माघ । महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा पनि नेपाल पराजित भएको छ ।

नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले बल बाँकी छँदा कुनैपनि विकेट नगुमाई पूरा गर्‍यो ।

नेदरल्यान्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका र २ छक्कासहित ९८ रनको शानदार पारी खेलिन् । त्यसैगरी फेबे मोल्कनबोरले अविजित ४८ रन बनाइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्यान्ड्सलाई १४६ रनको लक्ष्य दिएको थियो । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका लागि पुजा महतोले अविजित अर्धशतक बनाइन् । पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाइन् । यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो ।

कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्यान्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १-१ विकेट लिए ।

चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएकी हुन् । पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । भोटेकोशी

काठमाडौँ, १४ भदाै । चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ। आइतबार अर्थ

काठमाडौँ, भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्का बेला संघीय सरकारको राहत तथा उद्धार कार्य प्रभावकारी हुन नसकेको

काठमाडौँ, १४ भदौ । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको