स्वीडेनमा विद्यालयमा भएको गोलीबारीमा ११ जनाको मृत्यु

स्टकहोम, २३ माघ । मध्य स्वीडेनमा एउटा विद्यालयमा भएको गोलीबारीको घटनामा ११ जना मारिएको प्रहरीले बताएको छ । मर्नेमा संदिग्ध पनि रहेको बताइएको छ ।

मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ २०० केमी पर रहेको ओरेब्रोको रिस्बेग्र्सा विद्यालयमा भएको आक्रमण स्वीडिश इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले बताए । 

मर्नेमा संदिग्ध पनि परेको र उनी एक्लैले यो घटना गराएको विश्वास गरिएको प्रहरीले बताएको छ । गोलीबारीको उद्देश्य अहिलेसम्म अस्पष्ट रहेको भनिएको छ । आज जे भयो त्यसको भयावहता सोच्न गाह्रो भएको क्रिस्टर्सनले पत्रकार सम्मेलनमा बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग