भारतमा केन्द्र सरकारका कर्मचारीलाई च्याट जीपीटी र डीपसिक प्रयोग नगर्न आग्रह

नयाँ दिल्ली २३ माघ । भारत सरकारले सरकारी कर्मचारीहरूलाई एआई एप्स र एआई प्लेटफर्महरूबारे आवश्यक जानकारी दिइएको छ ।

केही कर्मचारीहरूले कार्यालयको कम्प्युटर र ल्यापटपमा एआई एपहरू (जस्तै च्याटजीपीटी, डीपसिक आदि) प्रयोग गर्ने गरेको अनि यो भारत सरकारको गोप्य कागजात र डेटाको लागि खतरनाक साबित हुनसक्ने अर्थ मन्त्रालयले जारी गरेको आदेशमा सरकारी कर्मचारीहरूलाई भनिएको छ ।

सरकारी कम्प्युटर, ल्यापटप र उपकरणहरूमा एआई एप र उपकरणहरू प्रयोग गर्नु हुँदैन भनेर केन्द्र सरकारको परिपत्रमा भनिएको छ । डेटा र गोपनीयतालाई प्राथमिकता दिँदै यो निर्णय लिइएको पनि पत्रमा उल्लेख छ । एआई प्रयोगकर्ताहरूको मनोबल गिराउन यो कदम नचालिएको पनि स्पष्ट पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ