इरानलाई दबाब दिन ट्रम्पद्वारा कार्यकारी आदेशमा हस्ताक्षर

वासिङ्टन डीसी, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि दबाब दिन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

साथै उनले संयुक्त राष्ट्र मानव अधिकार परिषद्बाट अमेरिकालाई फिर्ता लैजाने र प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्र राहत तथा कार्य एजेन्सी (यूएनआरडब्ल्यूए)लाई दिँदै आएको कोष कटौती गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । 

आदेशमा हस्ताक्षर गर्नु आफ्नो लागि धेरै गाह्रो भएको पनि उनले बताए । आफूले त्यस्तो गर्न नचाहेको तर गर्न बाध्य भएको उनको भनाइ छ । नयाँ कार्यकारी आदेश इरानमाथि धेरै कडा हुनेछ ।  

ट्रम्पले भने, ‘आशा छ हामीले यसलाई धेरै प्रयोग गर्नु पर्दैन ।’ आदेश अन्तर्गत, इरानको तेल निर्यातमा प्रतिबन्ध लगाएर अधिकतम आर्थिक दबाब सिर्जना गरिनेछ । इरान आणविक हतियार प्राप्त गर्ने नजिक भएको पनि ट्रम्पको विश्वास छ । त्यसैले प्रतिबन्धहरू आवश्यक भएको भनिएको छ । अमेरिकी सांसदहरूले पनि इरानमाथि दबाब दिन जोड दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग