‘महिला पीडित-पुरुष सधैं पीडक’ देख्ने आँखाले निम्त्याएको समस्या र पीडित हजारौं महेश बस्नेतहरु

हाम्रो समाजमा हिजोदेखी पुरुषहरु हावी भए । अव महिलाहरुलाई पनि अगाडि ल्याउनुपर्यो समावेशी समाज र राज्य निर्माणको दायित्वमा सहभागी गराउने उद्देश्यले बिभिन्न कानुनमार्फत कैयौं अधिकारहरु सम्विधानले नै सुनिश्चित गरिदिएको छ । तर त्यसको अहिले नाजायज दुरुपयोग गर्नेहरु ह्वात्तै बढेका छन् । जसको ज्वलन्त उदाहरण हुन्, नेकपा एमालेका पोलिटब्युरो सदस्य लोकप्रीय नेता कमरेड महेश बस्नेत ।

एक महिलाले सामान्य चिनजान र बोलचालको सम्बन्धको आधारलाई लिएर जवर्जस्ती करणी गरेको आरोप लगाएर कहिले प्रहरीकोमा जाने प्रहरीले यथेष्ट प्रमाण जुटाउन नसकेपछि मुद्धा दर्ता गर्न नमानेपछि पद तथा शक्ती दुरुपयोगको कपटपूर्ण आरोप लगाउँदै उच्च अदालतसम्म पुगिन । तर अदालतले पनि प्रमाण नपुगेकोले रिट खारेज गरिदियो । अहिले महेश बस्नेतजस्ता लोकप्रीय नेतालाई समेत राजनीतिक दाउपेचको लागि यस्ता प्रपोगान्डा मच्चाउनेहरुले अव सर्वसाधारण, ब्यापारी, धनाढ्य ब्यक्ती तथा राजनीतिकर्मीहरुको अबको भविष्य के होला ? के उनीहरु अव गल्ती नगर्दा पनि झुटो आरोपबाट चोखो रहिरहन सक्लान ? यो अहिलेको बहसको विषय हो र यो विषय यतिकै अन्त्य गरिनु हुँदैन ।

किनकी अव हजारौ महेश बस्नेतहरु येस्ता दाउपेचबाट मुक्त हुन सक्ने छै्नन र भविष्यमा पनि कैयौ महेश बस्नेतहरु यसको शिकार भैरहने छन् । अव यसलाई देशब्यापी बहसको विषय बनाएर सामाजिक प्रतिष्ठित ब्यक्तीहरु मात्र होइन आम सर्वसाधारण समेतलाई कसरी जोगाउने जोगीने भन्ने अव बहसको विषय बन्नुपर्दछ । घरेलु हिंसा एेन, बलात्कार सम्बन्धि कानुन तथा सम्पतीको हक सम्बन्धि महिला पक्षीय कानुनहरु निर्माण गरिएका छन् । जसको शिकार बारम्बार प्रतिष्ठित ब्यक्तीहरु समेत परिरहेका छन्, परिरहनेछन् । झन् नेपाली समाजको सोच आरोप लगाउनासाथ अपराधी करार गर्न पछि नपर्ने समाज छ, यस्तो अवस्थामा अव प्रतिष्ठा जोगाउन र जोगिन निकै गार्हो पर्ने देखिएको छ ।

अझ कतिपय मुद्धाहरु त व्यक्तिगत रिसिइबि तथा आर्थिक लाभका निम्ति मुद्धा दायर गर्ने सम्मका निकृष्ट कार्यहरु भएका ज्वलन्त उदाहरण हाम्रै आँखा अगाडी छन् भने हाम्रो समाज महिलाहरुलाई सधै पीडित देख्ने र पुरुषलाई पीडक देख्ने आँखा भन्दा बाहीर छैन । यही आँखाले निम्ताएको समस्या हो महेश बस्नेतको पनि महिलाले आरोप लगाउँदैमा सबै पुरुष पीडक हुदैनन् भन्ने उहाँको मुद्धामा अदालतको फैसला पनि एक हो । त्यसैले महिलाहरूलाई अधिकार र सुरक्षा दिनु आवश्यक छ, तर त्यसको दुरुपयोग हुन नदिनु झन् आवश्यक कानुनी तथा सामाजिक व्यवस्थाले दुबै पक्षलाई समान रूपमा न्याय दिने गरी सन्तुलित हुनुपर्दछ नत्र एक पक्षलाई बढी प्राथमिकता दिँदा समाजमा नै असन्तुलन बढेर जाने सम्भावना रहन्छ र हामीले हजारौ महेश बस्नेतहरु आफुलाई निर्दोष करार गर्न अदालतमा आफ्नो उर्जावान समय नष्ट गरिरहेको वा कैयौ निर्दोषहरु जेलमा सडिरहेको भेटन अव धेरै समय लाग्ने छैन ।

लेखक : संन्दिप घृतकौशिक
भक्तपुर

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार नेपाल आउँदै छन् ।

काठमाडौँ, ५ बैशाख ।  नेकपा (एमाले) केन्द्रीय कार्यालयको शुक्रबार बसेको बैठकले पार्टी स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी मनाउने निर्णय

काठमाडौँ, ५ बैशाख ।  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ अघि बढ्ने बताएका छन् । सर्वोच्च अदालतले उनी उपसभापति

काठमाडौँ, ४ बैशाख । संसदीय समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज सिंहदरबारमा आयोजित एक कार्यक्रममा सभामुख