यो बिदाइ होइन,धन्यवाद हो : मोन्टी देसाई

काठमाडौँ, २० माघ । नेपाल क्रिकेट टिमका निवर्तमान मुख्य प्रशिक्षक मोन्टी देसाईले जिम्मेवारीबाट बिदाइ भएका छन् ।

जिम्मेवारीमुक्त भएपछि उनले आज सामाजिक सञ्चालमार्फत एउटा बिदाइ सन्देश लेखेका छन् । उनले नेपाली खेलाडी, सहयोगी, समर्थक, नेपाल क्रिकेट संघ (क्यान) र आमनागरिकलाई सम्बोधन गरेर लामो बिदाइ सन्देश लेखेका छन् ।

उनले बिदाइ सन्देशमा यो बिदाइ नभएको बरु धन्यवाद भएको बताए ।

उनले भनेका छन्,

प्रिय नेपाल,

यो बिदाइ होइन, तर एक हार्दिक धन्यवाद हो ! जनवरी १०, २०२३ मा मैले नेपाल क्रिकेट संघसँगको अवसरलाई अँगालें । अज्ञातको सामना गर्दै उत्साह र उद्देश्यका साथ, नेपाल क्रिकेटमा दीर्घकालीन प्रभाव छोड्ने एउटा कथा बनाउने आशा गर्दै ।

यी दुई वर्ष अविस्मरणीय थिए, प्रिय क्षणहरू र साझेदारी गरिएको कोशेढुंगाहरूले भरिएका । त्रिवि मैदानमा एशिया कप छनोट, जहाँ दर्शकहरू रुखमा चढेर र छाता लिएर उभिएका थिए । र, मुलपानीमा विश्वकप छनोट, जहाँ भीड उर्जाशील थियो, यी सबैले नेपालको जोश र लचकता परिभाषित गरे ।

यो यात्रा उतारचढावका क्षणहरूबाट भरिएको थियो । र, म खुसी छु कि मैले क्यान व्यवस्थापन, चयनकर्ता, खेलाडीहरू, प्रशिक्षकहरू, अधिकारीहरू, स्कोररहरू, मैदानकर्मीहरू, क्यामेरा म्यानहरू, कमेन्टेटरहरू र मेरो कप्तान रोहित पौडेलसँग सानो भूमिका निभाउन सकें । प्रत्येक व्यक्तिले आफ्नो तरिकाले योगदान दिएको छ र मैले बनाएको मित्रता र सहकार्यलाई गहिरो रूपमा कदर गर्छु ।

खेलाडीहरूलाईः तपाईहरू लाखौंको सपना बोकेर खेल्नुहुन्छ । सधैं धरातलमा रहनुहोस् । वान बल ब्याटल मानसिकतामा विश्वास गर्नुहोस् । र बाउन्ड्रीतर्फ अघि बढिरहनुहोस् । ह्यापी ड्रेसिङ रुमको दर्शन जुन सम्बन्ध, खुलापन, एकता र जिम्मेवारीमा आधारित छ, सधैं तपाईहरूको सामथ्र्य हुनेछ ।

सहायक स्टाफलाईः पर्दा पछाडि तपाईंहरूको निरन्तर प्रयासहरू अमूल्य थिए । मेरो माग केवल उत्कृष्टताका लागि हामीलाई अगाडि बढाउनको लागि थियो । मेरो पक्षमा खडा रहनु भएकोमा धन्यवाद ।

दर्शकहरूलाईः तपाईंहरूको अडिग समर्थन हाम्रो सबैभन्दा ठूलो बल थियो । यो टोलीमा विश्वास राख्न जारी राख्नुहोस् ।

क्यान व्यवस्थापनलाईः नेतृत्वको अवसरको लागि धन्यवाद । आधार तयार छ ! एकजुट रहनुहोस् र नेपाललाई गर्वित बनाउन जारी राख्नुहोस् ।

नेपालका जनतासम्मः नेपाल मेरो घर जस्तो भएको छ । यहाँको क्रिकेट खेल मात्र होइन, यो एक भावना हो जसले यो राष्ट्रलाई एकजुट गर्छ ! जय नेपाल !


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १६ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित प्रदेश सरकारका मन्त्रीहरूले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । महोत्तरीको जलेश्वर कारागारका कैदीबन्दीहरूले प्रधानमन्त्री विपद राहत कोषमा एक लाख १ हजार १०५ रुपैयाँ जम्मा गरेका छन्

काठमाडौँ, १५ भदौ । माछापुच्छ्रे बैंकले भोटेकोशी नदीमा आएको बिनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिक तथा समुदायलाई राहत र पुनर्स्थापनाका लागि