राजवल्लभको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक

काठमाडौँ, २० माघ । अभिनेता राजवल्लभ कोइरालाले कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरेका छन् ।

शनिबार आयोजित  एक समारोह बिच उनले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले अहिलेको अवस्थासम्म आउन ४३ वर्ष लागेको बताए ।

‘कलाकार र कवि मेरो दुई पक्ष छ’, उनले भने ‘आज दुवै पक्षले आत्मीयता गरेको अनुभूति गरेको छु ।’ कृति छोरी औरामा समर्पित रहेको उनले बताए । पछिल्लो पटक ‘एक्टरः टेक वन’ फिल्मको छायांकन समय कृतिको तयारी गरेको उनले कार्यक्रममा कविता वाचन समेत गरे ।

पुस्तक विमोचन कार्यक्रममा साहित्यकार विप्लव प्रतीक, पत्रकार दिलभुषण पाठक, फिल्म निर्देशक दीपाश्री निरौला, निर्माता तथा गीतकार अविरल थापालगायत सर्जक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग