राजवल्लभको कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक

काठमाडौँ, २० माघ । अभिनेता राजवल्लभ कोइरालाले कविता सङ्ग्रह ‘औरा’ सार्वजनिक गरेका छन् ।

शनिबार आयोजित  एक समारोह बिच उनले कृति सार्वजनिक गरेका हुन् । कार्यक्रममा उनले अहिलेको अवस्थासम्म आउन ४३ वर्ष लागेको बताए ।

‘कलाकार र कवि मेरो दुई पक्ष छ’, उनले भने ‘आज दुवै पक्षले आत्मीयता गरेको अनुभूति गरेको छु ।’ कृति छोरी औरामा समर्पित रहेको उनले बताए । पछिल्लो पटक ‘एक्टरः टेक वन’ फिल्मको छायांकन समय कृतिको तयारी गरेको उनले कार्यक्रममा कविता वाचन समेत गरे ।

पुस्तक विमोचन कार्यक्रममा साहित्यकार विप्लव प्रतीक, पत्रकार दिलभुषण पाठक, फिल्म निर्देशक दीपाश्री निरौला, निर्माता तथा गीतकार अविरल थापालगायत सर्जक तथा साहित्यप्रेमीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको

काठमाडौँ, १४ कार्तिक । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार

काठमाडौँ, १४ कार्तिक । सल्यानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्

काठमाडौँ, १४ कार्तिक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयले रोशी