ट्रम्पले मेक्सिको र क्यानाडामाथि लगाए २५ प्रतिशत ट्यारिफ

एजेन्सी, २० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानाडामाथि आयातित वस्तुमा २५ प्रतिशत ट्यारिफ लगाएका छन् । ह्वाइट हाउसले यसको पुष्टि गरेको छ । 

ट्रम्ले चीनमाथि १० प्रतिशत कर थोपरेका छन् । तर, क्यानाडाबाट आयात हुने विद्युतमा भने १० प्रतिशत कम ट्यारिफ लाग्ने बताइएको छ । ह्वाइट हाउसले अमेरिकामा फेन्टेनाइल संकटसँग जुध्नका लागि ट्यारिफ लागू गर्न लागिएको बताएको छ । क्यानेडेली वस्तुहरुमाथिको ट्यारिफ मंगलबारबाट लागू हुने भनिएको छ । 

यसको जवाफमा क्यानाडाका निवर्तनमा प्रधानमन्त्री जस्टिन ट्रुडोले एक घोषणा गर्ने तयारी गरेका छन् । उता, मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले शुक्रबारै अमेरिकाद्वारा ट्यारिफ थोपर्ने काम भए आफु ‘चिसो दिमाग’ले अघि बढ्ने प्रतिक्रिया दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ, २२ असोज । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २२ असोज । अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ