सभापति कपको उपाधि सङ्कटालाई

काठमाडौँ, १८ माघ । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिताको उपाधि ‘ए’ डिभिजन टोली सङ्कटा क्लबले जितेको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनल खेलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ बाग्मती प्रदेशलाई पराजित गर्दै सङ्कटा क्लबले सभापति कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टी सुटआउटमा पनि ३–३ गोलको बराबरी भएपछि अन्तिममा खेल सडन डेथमा पुग्यो । त्यसपछि सङ्कटाले बाग्मती प्रदेशलाई सडन डेथमा ४–३ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको विजेता टोली सङ्कटाले २६ लाख तथा उपविजेता बाग्मतीले १३ लाख पुरस्कार पाएका छन् । यही माघ १० गतेदेखि शुरू भएको कांग्रेस सभापति कप फुटबल प्रतियोगितामा आठ टिमको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको

काठमाडौँ, १४ भदाै । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री,