अमेरिकामा सेनाको हेलिकोप्टरसँग यात्रुवाहक विमान ठोक्कियो

एजेन्सी, १७ माघ । अमेरिकाको वासिङटन डीसीमा अमेरिकी एयरलाइन्सको एउटा यात्रुवाहक विमान सेनाको हेलिकोप्टरसँग ठोक्किएको छ । वासिङगटननजिकैको रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा स्थानीय समयानुसार बुधबार राति ९ बजे उक्त दुर्घटना भएको एपीले जनाएको छ ।

अवतरणअघि नै विमान हेलिकोप्टरसँग ठोक्किएको त्यहाँको संघीय उड्डयन प्रशासनले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, विमानमा चालक दलका चार सदस्य र ६० यात्रु सवार थिए । ठोक्किएसँगै विमान र हेलिकोप्टर उक्त विमानस्थलनजिकै पोटोमाक नदीमा खसेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी छ । मानिस हताहतबारे तत्काल केही उल्लेख छैन ।

उक्त विमानस्थलका सबै उडान तत्कालका निम्ति बन्द गरिएको छ । त्यहाँ एक दर्जन एम्बुलेन्स र दमकल देख्न सकिन्छ । नदीमा उद्धार र खोजीकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ, २२ असोज । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २२ असोज । अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ