ट्रम्पद्वारा ३० हजार अवैध आप्रवासीलाई राख्न क्यूबाको ग्वान्तानामोमा कैदखाना विस्तार गर्ने आदेश

एजेन्सी, १७ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० हजार अवैध आप्रवासीलाई राख्नका लागि क्यूबाको ग्वान्तानामोमा एक कैदखाना विस्तारको आदेश दिएका छन् ।

ट्रम्पले यो सुविधा अमेरिकीहरुलाई धम्की दिने सबै भन्दा खतरनाक आपराधिक ‘अवैध एलियन्स’लाई राखिने भनी अभिव्यक्ति दिएका छन् । 

ग्वान्तानामोमा राखिनेहरुलाई दिने सुविधा त्यहाँस्थित सैन्य जेलभन्दा फरक हुने ट्रम्प निकटस्थले बताएका छन् । क्यूबाका राष्ट्रपतिले भने यसलाई ‘क्रुरतापूर्ण कृत्य’ भनी टिप्पणी गरेका छन् । यसबीच, ह्वाइट हाउसले संघीय सहयोग रोक्ने एक आदेशलाई रद्द गरिदिएको छ ।

जुन यो हप्ताबाट लागू हुने भन्दै चर्चा भएपछि सर्बत्र ठूलो भ्रमको स्थिति सिर्जना भएको थियो भने सहायताप्रति आश्रित कयौँ नागरिकहरु त्राही भएका थिए । राष्ट्रपति ट्रम्पले भने प्रारम्भिक रोक ‘घोटाला’सँग निपटनका लागि थियो भनी, प्रतिक्रिया दिएका छन् । र, यसअघि स्वास्थ्य सचिवका लागि ट्रम्पले चुनेका रोबर्ट एफ क्यानेडी जूनियरले अमेरिकी सिनेटरमाझ घन्टौं केरकारको सामना गर्नु परेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ, २२ असोज । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २२ असोज । अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ