सर्बियाका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी, १६ माघ । सर्बियाका प्रधानमन्त्री मिलोस भुसेभिकले पदबाट राजीनामा दिएका छन् ।

गत नोभेम्बरदेखिको देशव्यापी विरोध प्रदर्शनलाई थेग्न नसकेपछि भुसेभिकले राजीनामा दिएका हुन् । गत नोभेम्बर १ मा सर्बियाको दोस्रो ठूलो सहर नोभी सादमा रेलवे स्टेसनको छतको एक भाग भत्किएको थियो । जसमा १५ जनाको मृत्यु भयो ।

यस घटनापछि देशभर सरकारविरुद्ध विरोध प्रदर्शन भएको भयो । घटनाको जवाफदेहिता माग गरेर प्रत्येक दिन हजारौँ सडकमा उत्रिन्थे । निर्माण परियोजनामा भएको भ्रष्टाचारका कारण दुर्घटना घटेको उनीहरूको आरोप थियो ।

नोभी साद घटनामा १३ जनामाथि भ्रष्टाचारको आरोप लागेको थियो । यसमा पूर्व यातायातमन्त्री गोरान भेसिकको नाम पनि मुछिएको थियो । त्यसको केही दिनपछि उनले पदबाट राजीनामा दिएका थिए । तर, प्रदर्शनकारीहरू आन्दोलन जारी राखेका थिए । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा विद्यार्थीको नतिजा १ महिनाभित्र सार्वजनिक गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ, २२ असोज । आज सुनको बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज

काठमाडौँ, २२ असोज । अस्ट्रेलियाले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ