महाकुम्भमा भागदौड मच्चिँदा १४ जनाको मृत्यु

काठमाडौँ, १६ माघ । महाकुम्भ मेलाका क्रममा गएराति करिब १:३० बजे प्रयागराजको संगम किनारमा भागदौड मच्चिँदा कम्तीमा १४ को मृत्यु भएको  छ। ५० भन्दा बढी घाइते छन्।

दैनिक भास्करकाअनुसार स्वरूप रानी अस्पतालमा उ१४ वटा शव पोस्टमार्टमका लागि पुर्‍याइएको छ । यद्यपि, प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा औपचारिक जानकारी नदिएको समाचारमा उल्लेख छ ।

भागदौड पछि, प्रशासनको अनुरोधमा अमृत स्नान रद्द गरिएको छ। संगम नाकामा अत्यधिक भीड भएकाले यो निर्णय गरिएको अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीले बताए। यसैबीचप्रधानमन्त्री नरेन्द्र मोदीले फोनमा मुख्यमन्त्री आदित्यनाथ योगीसँग घटनाको बारेमा जानकारी लिएका छन् ।

होहल्लाका कारण एकाएक भागदौड मच्चियो। केही महिलाहरू भुइँमा लडे र मानिसहरू तिनीहरूलाई कुल्चीमिल्ची गर्दै हिँडे। दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्सहरू संगम किनारमा पुगेका थिए। यसै मार्फत घाइते र मृतकहरूलाई अस्पताल लगियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण