लिबियाको तटबाट एक हजार ३१३ आप्रवासीको उद्धार

एजेन्सी, १५ माघ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले सोमबार लिबियाको तटबाट गत हप्ता एक हजार ३१३ आप्रवासीलाई उद्धार गरिएको जनाएको छ ।

“जनवरी १९ देखि २५ सम्म एक हजार ३१३ आप्रवासीलाई लिबिया फर्काइयो,” आईओएमले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

आप्रवासीहरूमा १६० भन्दा बढी महिला र ६० भन्दा बढी बालबालिका रहेको आईओएमले जनाएको छ । आईओएमले यस वर्ष हालसम्म एक हजार ८०६ आप्रवासी लिबिया फर्काइएको जनाएको छ भने अन्य ३२ जनाको मध्य भूमध्यसागर जाने बाटोमा मृत्यु भएको छ ।

सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ । यस उत्तर अफ्रिकी देशलाई भूमध्यसागर पार गरी युरोपेली किनारमा जान चाहने अनियमित आप्रवासीका लागि प्रस्थानको एक केन्द्रविन्दु बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २३ असोज । अमेरिकाको कंग्रेसनल (संसदीय) रिसर्च सर्भिस (सीआरएस)ले इरानसँगको युद्धमा अमेरिकी सेनाका ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट

एजेन्सी, २३ असोज । युक्रेनको पूर्वी क्रामतोस्र्क सहरमा यात्रुवाहक दुई बसमा रुसी ग्लाइड बम आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ

एजेन्सी, २२ असोज । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी गरेका छन् ।  बुधबार पत्रकारहरूसँग