ट्रम्पले गरे एक दर्जन संघीय निगरानीकर्ताहरुलाई बर्खास्त

एजेन्सी, १३ माघ । ट्रम्प प्रशासनले कम्तिमा पनि एक दर्जन बढी संघीय निगरानीकर्ता एवं जाँचकर्तालाई बर्खास्त गरिदिएको छ ।

यसलाई अवैध कदम भनिएको छ भने यसैलाई लिएर अदालती चुनौतिको सामना गर्नु पर्ने सम्भावना रहने बताइएको छ । 

शनिबार सिनेटमा सिनेट अल्पसंख्यक नेता चक शूमरले यो कदमलाई वाचडग फायरिंगलाई ‘चिस्याउने सफाया’को संज्ञा दिए । डेमोक्र्याट शूमरले ‘यो बर्खास्तीले उनी दवाफदेहीताबाट भयभित छन् भन्ने तथ्यको उजागर हो । यो पारदर्शीताप्रतिको शत्रुता हो’ भने । 

बीबीसीको अमेरिकी साझेदार सीबीएसका अनुसार बर्खास्त निगरानीकर्ताको सूचीमा स्वास्थ्य एवं मानव सेवा विभागका महानिरीक्षक तथा लघु व्यवसाय प्रशासनका महानिरीक्षक समेत छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण