व्यवहारिक शिक्षा र सुविधा नहुँदासम्म युवा पलायन रोकिँदैन : महामन्त्री थापा

परासी, १० माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजारको मागअनुसार शैक्षिक कार्यक्रम संचालन नहुँदा बेरोजगारी बढेको बताएका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सेमरीमा प्रस्तावित आदर्श क्याम्पस भवनको शिलान्यास गर्दै महामन्त्री थापाले बजारमा माग एउटा जनशक्ति छ, हामीले शिक्षित बनाउने नाममा व्यवहारिक शिक्षामा जोड दिन नसक्दा अहिलेको अवस्था आएको बताए । नेपालमा हरेक वर्ष ५ लाख युवा जनशक्तिलाई रोजगारीको आवश्यकता भए पनि सरकारले मुस्किलले २० हजारलाई रोजगारी दिने र बाँकी निजी क्षेत्रको जिम्मामा आउने बताए । त्यसका लागि सरकारले निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना हुने वातावरण बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।

‘बजार कठोर छ, उसले व्यवहारिक र दक्ष जनशक्ति खोजेको छ । तर, हामीले प्राविधिक शिक्षामा जोड दिन सकेनौं,’ उनले भने, ‘अबको आवश्यकता प्राविधिक शिक्षा, रोजगारीको ग्यारेन्टी र आकर्षक सुविधा नभएसम्म युवा जनशक्तिको विदेश पलायन रोक्न निकै कठिन छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा