व्यवहारिक शिक्षा र सुविधा नहुँदासम्म युवा पलायन रोकिँदैन : महामन्त्री थापा

परासी, १० माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजारको मागअनुसार शैक्षिक कार्यक्रम संचालन नहुँदा बेरोजगारी बढेको बताएका छन् ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको सेमरीमा प्रस्तावित आदर्श क्याम्पस भवनको शिलान्यास गर्दै महामन्त्री थापाले बजारमा माग एउटा जनशक्ति छ, हामीले शिक्षित बनाउने नाममा व्यवहारिक शिक्षामा जोड दिन नसक्दा अहिलेको अवस्था आएको बताए । नेपालमा हरेक वर्ष ५ लाख युवा जनशक्तिलाई रोजगारीको आवश्यकता भए पनि सरकारले मुस्किलले २० हजारलाई रोजगारी दिने र बाँकी निजी क्षेत्रको जिम्मामा आउने बताए । त्यसका लागि सरकारले निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना हुने वातावरण बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।

‘बजार कठोर छ, उसले व्यवहारिक र दक्ष जनशक्ति खोजेको छ । तर, हामीले प्राविधिक शिक्षामा जोड दिन सकेनौं,’ उनले भने, ‘अबको आवश्यकता प्राविधिक शिक्षा, रोजगारीको ग्यारेन्टी र आकर्षक सुविधा नभएसम्म युवा जनशक्तिको विदेश पलायन रोक्न निकै कठिन छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई