चिसोका कारण इटहरीमा दुई दिन विद्यालय बन्द

काठमाडौँ, १० माघ । अत्यधिक चिसोका कारण सुनसरीको इटहरी उपमहानगरपालिकाअन्तर्गत सामुदायिक, धार्मिक तथा निजी विद्यालयहरु दुई दिन बन्द गरिने भएको छ ।

केही दिनयता चिसो र शीतलहर बढेपछि यही माघ १० र ११ गतेका लागि विद्यालय बन्द गर्ने निर्णय भएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख रमेश शाहले बताए ।

उनले भने, ‘मौसम प्रतिकूल भई शीतलहर तथा अत्यधिक चिसोका कारण विद्यालयमा पठनपाठन गर्न गाह्रो भएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा