गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द

रौतहट, ९ माघ । रौतहटको सदरमुकाम गौर स्थित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा थप ३ दिन बन्द हुने भएको छ ।

गौर नगरपालिकाले नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई माघ ८ गते मंगलवारदेखि माघ ११ गते शुक्रवारसम्म जाडो बिदा गर्न निर्देशन दिएको हो। पछिल्लो केही दिन देखि बढेको अत्यधिक चिसोको कारण विद्यालयमा पठनपाठनमा कठिनाइ हुने तथा विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्ने हुँदा बिदा दिइएको नगर शिक्षा संयोजक उत्तम कुमार उपाध्यायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो केही दिन देखि बिहानै देखि चल्ने सितलहर संगै दिनभरी हुस्सु लाग्ने र घाम समेत नलागेर बढेको अत्यधिक चिसोको कारण रौतहटसँगै सिङ्गो मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले

काठमाडौँ, २ असोज । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सुरेन्द्र पाण्डेले लोकतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न राजनीतिक दलभित्रको लोकतन्त्र र नेतृत्व

काठमाडौँ, २ असाेज । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ५ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका

काठमाडौँ, २ असोज । कानुनमन्त्री सोविता गौतमले प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूले खेलेको संसदीय भूमिकाको प्रशंसा गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा