अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प

वासिङ्टन डिसी,  ८ माघ ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले  ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् ।

सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ खुवाएका छन् । 

यसअघि शपथ समारोह क्यापिटल हिल बाहिर हुने गरेको भएता पनि यो पटक मौसम अत्यधिक चिसो भएकोले क्यापिटल हिलभित्र आयोजना गरिएको थियो । ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो।
साथै जेडी भान्सले पनि अमेरिकाको उपराष्ट्रपतिको शपथ लिएका छन् ।

शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित थिए । शपथ ग्रहण गरेपछि ट्रम्पले राति १० बजेतिर कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारीमा छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण