इजरायलद्वारा ९० जना प्यालेस्टिनी बन्दीहरू रिहा

एजेन्सी, ७ माघ । इजरायल र हमासबीच युद्धविराम सम्झौताको पहिलो चरणमा हिजो ९० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायलले जनाएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धविराम सम्झौताअनुसार शुरूमा तीन जना इजरायली बन्धकहरूलाई रिहा गरेपछि इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरेको बीबीसीले जनाएको छ । इजरायलले तीनै जना इजरायली अब इजरायली भूमिमा फर्किएको बताएको छ ।

हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीलाई रिहाइ गरेको हो । हमासले पहिलो चरणमा रिहा गर्ने तीन जना इजरायली महिला बन्धकको नाम सार्वजनिक गरेपछि मात्र गाजामा ढिलोगरि युद्धविराम शुरू भएको थियो ।

युद्धविराम शुरू हुन ढिलाइ हुँदा इजरायली आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ । आक्रमणमा परेर ३६ जना घाइते भएका हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।

युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण