सबै दलबीच सहमति भए संविधान संशोधन तत्काल हुन्छ: महासचिव पोखरेल

काठमाडौँ, ६ माघ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिक रूपमा सबै दलहरूबीच सहमति भएमा तत्काल संविधान संशोधन हुने बताएका छन् ।

राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल, मानवअधिकार एलायन्सको तेस्रो वाग्मती प्रदेश सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले सबै राजनीतिक दलका बीचमा छलफल भई सहमति जुटेमा संविधान संशोधन प्रक्रिया अघि बढाइने बताए ।

महासचिव पोखरेलले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका विषयमा कुनै विवाद नभएको जिकिर गरे । परिस्थितिअनुसार अरू दलसँग छलफल गरी सहमतिका आधारमा संशोधनको एजेन्डालाई अगाडि बढाउनुपर्ने उनले उल्लेख गरे । उनले सत्तापक्षसँग प्रतिनिधिसभामा दुईतिहाइ बहुमत भए पनि अरू दललाई सहमतिमा ल्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए । महासचिव पोखरेलले संविधान संशोधनमा पनि राजनीतिक स्थायित्वका विषय समावेश गर्नुपर्ने भएकाले सहमतिका आधारमा अगाडि बढ्नुपर्ने मान्यता रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

हेटौँडा, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते