राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ, ६ माघ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माघ ११ र १२ गते काठमाडौंमा केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

साङ्गठनिक अवस्थाको समीक्षा, समसामयिक राजनीतिक परिस्थितिलगायत विषयमा छलफल गर्न बैठक बोलाएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा राजनीतिक दलसँगको सहकार्यलगायत विषयमा जानकारी गराउने छन् ।  

पार्टीको भावी कार्यदिशा, रणनीतिलगायत विविध विषयमा छलफल हुने बैठकमा अध्यक्ष लिङ्देनले राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यसूची छ । सचिवालयसम्बन्धी प्रतिवेदनका साथै सङ्गठन विभाग र प्रशिक्षण विभागका प्रतिवेदन, आर्थिक प्रतिवेदन र प्रदेश अध्यक्षहरूबाट प्रदेशका गतिविधि समेटिएका प्रतिवेदन समेत बैठकमा प्रस्तुत गरिने तालिका रहेको नेता श्रेष्ठले बताए ।  

वडा तहबाट सङ्गठन गठन र पुनःगठन कार्यको समीक्षासहित पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी र कामको समीक्षा हुने बैठकमा तोकिएको भूगोल केन्द्रित जिम्मेवारीमा नजाने नेताको जिम्मेवारी हेरफेर गरिने समेत नेता श्रेष्ठले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

हेटौँडा, ३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताप्रति इमानदार भएर

काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष घोषणा कार्यक्रममा उडाउन लागिएको बेलुनको गुच्छा पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल घाइते