नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु

लागोस, ६ माघ । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

“अहिलेसम्म मृत्यु हुनेको संख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी)का प्रमुख कुमार सुक्वामले एएफपीसित टेलिफोनमा भने ।

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १०ः०० बजे डिक्को जंकसनमा दुर्घटनाग्रस्त भएको बताए । “अधिकांश पीडित चिन्न नसकिने गरी जलेका थिए,” उनले भने, “हामी चिजहरू स्पष्ट गर्न घटनास्थलमा छौँ ।”

गम्भीर आर्थिक संकटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत लेवनानमा खटिएका नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ ।   फागुन ३ गते

काठमाडौँ, ४ फागुन । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

भक्तपुर, ३ फागुन । नेकपा (एमाले)को पोलिटव्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नतले पछिल्लो समय नयाँ शक्ति र स्वतन्त्रको नाममा आएका