नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु

लागोस, ६ माघ । मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्यांकर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

“अहिलेसम्म मृत्यु हुनेको संख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी)का प्रमुख कुमार सुक्वामले एएफपीसित टेलिफोनमा भने ।

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १०ः०० बजे डिक्को जंकसनमा दुर्घटनाग्रस्त भएको बताए । “अधिकांश पीडित चिन्न नसकिने गरी जलेका थिए,” उनले भने, “हामी चिजहरू स्पष्ट गर्न घटनास्थलमा छौँ ।”

गम्भीर आर्थिक संकटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ । एएफपी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण