भारतमा साँढे जुधाई क्रममा सातजनाको मृत्यु, ४०० घाइते

नयाँदिल्ली, ५ माघ । दक्षिणी भारतमा ‘बुल फाइट’ अर्थात् साँढे जुधाई प्रतियोगिताका क्रममा कम्तीमा सातजनाको मृत्यु भएको अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।

दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् ।

छुट्टाछुट्टै घटनामा दुई साँढेको पनि मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । पुड्डुकोट्टाईमा एक कार्यक्रमका क्रममा साँढेको मृत्यु भएको छ भने शिवगंगाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्ने क्रममा एक साँढे मालिक र उनको साँढेको मृत्यु भएको छ ।

अधिकारीहरूले अधिकांश मृत्यु र घाइतेहरू मैदानबाहिर भएको बताएका छन् । साँढे मालिकहरूले सामान्यतया ठूलो भीडको उपस्थितिमा दौड पछि आफ्नो साँढेहरू संकलन गर्छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण