‘केटी हराएको सूचना’को ट्रेलर सार्वजनिक

काठमाडौँ, ४ माघ । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

अंग्रेजी शीर्षक ‘मिसिङ’ दिइएको ट्रेलर शीर्ष कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ वरपर घुमेको छ । पहाडी मूलकी युवतीलाई मधेशी मूलका युवकले कोठामा बन्धक बनाएर राखेको दृश्यबाट ट्रेलर सुरु हुन्छ ।

फिल्ममा अभिनेता हुसेन रामको भूमिका र अभिनेत्री श्रेष्ठ सीताको भूमिकामा छन् । फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा फिल्म निर्माण भएको हो । सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको पनि अभिनय छ । अमितेष शाह विशेष भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार हिजो साँझ रुकुम

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । आज २०८१ साल फागुन ४ गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानीका क्षेत्रमा फाइदा