काठमाडौँ, ४ माघ । बलिउड स्टार सैफ अली खानको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।
उनी हिंड्न सक्ने भएका छन् । मुम्बईस्थित लीलावती अस्पतालका चिकित्सकले अभिनेता खानको स्वास्थ्य अपडेट सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
बिहीबार राति एक व्यक्ति सैफको घरमा प्रवेश गरेर उनीमाथि चक्कु आक्रमण गरेका थिए । घाइते भएका सैफलाई मुम्बईको लीलावती अस्पताल लगिएको थियो । अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।
सैफको उपचार गर्ने चिकित्सकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सैफ अली खानको अवस्था स्थिर छ । अवस्था सुधारोन्मुख छ । उहाँलाई राम्रो भइरहेको छ । आईसीयूबाट क्याबिनमा सारिएको छ । आगन्तुकलाई भेट्न प्रतिबन्ध लगाइएको छ ।’