वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्तिमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान गर्दै प्रहरी

काठमाडौँ, ३ माघ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोप लागेका एक जनामाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको छ ।

त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा दोलखाका ललितकुमार केसी पक्राउ परेका छन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको काठमाडौँ प्रहरी स्रोतले जनाएको छ ।

त्रिपाठीले बिहीबारमात्रै आफूमाथि हातपात गर्नेमाथि कारबाहीको माग गर्दै प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका छन् ।
केसीलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिनको अनुमति दिएको छ । त्रिपाठीमाथि हातपात गर्ने अरूको प्रहरीले खोजी गरिरहेको छ ।

त्रिपाठीले काठमाडौँ जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध जाहेरवालाका तर्फबाट बहस गरेका थिए ।

सहकारीपीडितका तर्फबाट आफ्नो बहस सकाएर बाहिरिने क्रममा बुधबार उनीमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार

काठमाडौँ, ३ फागुन । हेटौंडा उपमहानगरपालिका-११ थानाभ-याङस्थित पूर्व-पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।