म्यानमारको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

एजेन्सी, ३ माघ । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा पहिरो जाँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

यसअघि प्रशासनले जनवरी १५ मा खानीमा पहिरो जाँदा भएको दुर्घटनामा केही व्यक्तिको मृत्यु भएको जानकारी गराएको थियो ।

स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले बिहीबार भने, “खानीमा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।” उनले भने, “तीन दिनको खोजी प्रयासपछि ३१ जनाको मृत शरीर खानीबाट निकालिएको छ र दुर्घटनाको पहिलो दिन घाइते अवस्थामा उद्धार गरिएका एकजनाको अस्पतालमा मृत्यु भएको थियो ।”

केही व्यक्ति अझै बेपत्ता रहेका तर उनीहरूका जीवित उद्धार हुने आशा हराएको स्थानीय अधिकारीलाई उद्धृत गरी सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । फिल्म ‘छ माया छपक्कै २’ युरोप, क्यानडा, युएई, कतार, ओमन र बराइनमा पनि प्रदर्शन हुने भएको छ

काठमाडौँ, १९ असोज । नेपाली फिल्म ‘गौँथली’ले २६ करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएको छ ।  चलचित्र विकास बोर्डका

काठमाडौँ, १८ असोज । गायिका एलिना चौहानले आफ्नो विगत र पूर्वसम्बन्धलाई जोडेर बारम्बार समाचार तथा टिप्पणी नगर्न सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह

काठमाडौँ, १७ असोज । अभिनेता दयाहाङ राईले अभिनेताको स्टारडमभन्दा चलचित्रको कथा बलियो हुने बताएका छन् । चलचित्र ‘पेन्सन पट्टा’को निर्माण