इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत

एजेन्सी, ३ माघ । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ ।

इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ ।

उनीहरूले कतार र इजिप्टका मध्यस्थकर्ताहरूलाई हमासले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हमासका एक अधिकारीले जानकारी दिएका छन् ।

गाजामा हमास र इजरायलबीच अक्टोबर ७, २०२३ देखि युद्ध चलिरहेको थियो। हमासले अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गर्दा २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गर्नुभएको छ