रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण

एजेन्सी, २ माघ । युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको छ ।

युक्रेनले रुसका धेरै स्थानमा आक्रमण गरेको छ । युक्रेन–रुस युद्धपछिको सबैभन्दा ठूलो आक्रमण भएको युक्रेनले दाबी गरेको बीबीसीले जनाएको छ ।

युक्रेनको सशस्त्र बलका अनुसार विभिन्न क्षेत्रमा गोलाबारुद भण्डार र रासायनिक प्लान्टलाई निशाना बनाइएको थियो । युक्रेनको खुफिया एजेन्सीले बीबीसीलाई यो हमला रुसी क्षमताका लागि ‘पीडादायी प्रहार’ भएको बताएको छ ।

तर, रुसले युक्रेनले प्रहार गरेको एटीएसीएमएस मिसाइल र स्ट्रोम स्याडो क्रुज मिसाइललाई खसालेको बताएको छ । रुसले पनि यो आक्रमणको छिट्टै जवाफ दिने बताएको छ । युक्रेनी आक्रमणका कारण दक्षिणपश्चिमी रुसी सहर सारातोवका विद्यालयहरू बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन्

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ