दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ 

एजेन्सी, २ माघ । महाभियोगको सामना गरिरहेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योल पक्राउ परेका छन् । 

उनका समर्थक र विरोधीहरू उनी पक्राउ पर्नुअघि युन सुक–योलको घरबाहिर जम्मा भएका थिए । समर्थकहरूले युन सुक–योललाई पक्राउ गर्नबाट रोक्ने प्रयास गरिरहेका थिए । 

प्रहरीले यसअघि पनि युन सुक–योललाई पक्राउ गर्ने प्रयास गरेको थियो । युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा ‘मार्सल ल’ लगाउने घोषणा गरेका थिए । विरोधका कारण केही घण्टापछि उनले उक्त ल लगाउने निर्णय फिर्ता लिएका थिए ।

डिसेम्बर १४ मा युन सुक–यो विरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संसदमा पारित भएको थियो । तर, उनलाई त्यहाँको संवैधानिक अदालतले मात्रै राष्ट्रपति पदबाट हटाउन सक्छ ।

डिसेम्बर ३१ मा दक्षिण कोरियाली अदालतले युन सुक–योललाई पक्राउ गर्न वारेन्ट जारी गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ असाेज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उमेदवार प्रदीप पौडेलले आफूलाई मत दिन प्रतिनिधिलाई आग्रह गरेका छन्

काठमाडौँ, २२ असोज । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको बताएका छन् ।  जनकपुरमा आयोजित एक

काठमाडौँ, २२ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल गर्नुभएको छ