परिसूचक नेप्से १५.५४ अंकले घट्यो

काठमाडौँ, २९ पौष । आज सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेको छ ।

२६१० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घट्दै २५९४ बिन्दुमा पुगेको हो । सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ ।

यसमध्ये आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो । ६३ कम्पनीको मूल्य बढ्दा बाराही हाइड्रोपावरको मूल्यमा भने सकारात्मक सर्किट लाग्यो । 

सोमबार कुल ६ अर्ब ६५ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार बढी भयो । यो कम्पनीको कुल ४५ करोड २५ लाखको कारोबार भएको छ । सोमबार नेप्सेका सबै उपसमूहको सूचक घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आजदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य

काठमाडौँ, ४ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । गोलभेडा

काठमाडौँ, ४ फागुन । विकासशील राष्ट्रको समूहमा स्तरोन्नति भएपछि नेपालले पाउने अनुदान र सहुलियतपूर्ण ऋणमा १० देखि १५ प्रतिशत प्रभाव पर्ने

काठमाडौँ, ३ फागुन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् । आज गण्डकी