शिक्षाले राजनीतिलाई ठीक दिशामा लैजान्छ : सभामुख घिमिरे

काठमाडौँ, २७ पौष । सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले शिक्षाले राजनीतिलाई पनि ठीक दिशामा लैजाने भनाइ छ । शिक्षालाई माध्यम बनाएर नेपालीहरु जीविकोपार्जनका लागि विदेश जाने गरेको बताउँदै उनले शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको बताए । उनले नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने बताए । समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान पनि शिक्षा महत्वपूर्ण रहेको उल्लेख गरे ।

भने, ‘समाज जस्तो बन्छ, वा समाजलाई सञ्चालन गर्ने राजनीति जस्तो हुन्छ, मुलतः शिक्षा त्यसबाट निर्देशित हुन्छ । तर शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्य जस्ता हुन्छन्, समाज त्यस दिशामा जानसक्छ, लैजाने कामहरु गरिन्छ । त्यो सन्दर्भमा राजनीतिलाई शिक्षाले ठिक दिशामा लैजाने महत्वपूर्ण भूमिका खेल्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई