काठमाडौँ महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिँदै

काठमाडौँ, २६ पौष । काठमाडौँ महानगरपालिकाकाको शिक्षा विभागले ७२० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ ।

‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत शिक्षकहरूको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सिपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।

३ माघबाट सुरु हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ । तालिममा सहभागी हुन महानगरपालिकाले आवेदन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले टनेलको ढलान

काठमाडौँ, २ असोज । काठमाडौँको बुढानिलकण्ठ स्थित तारेभिरको जंगलमा जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीका अनुसार

काठमाडौँ, २ असोज । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका