काठमाडौँ, २६ पौष । मलेसियामा हुन लागेको आईसीसी यू-१९ महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ ।
आज नेपाल क्रिकेट संघ क्यानले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाई गरेका हुन् ।
बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिइकन खेल्न आग्रह गरे । नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।





