चिसोका कारण विद्यालयमा विद्यार्थी घटे

काठमाडौँ, २६ पौष । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरमा जनजीवन प्रभावित भएको छ ।

चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको सम्बन्धित विद्यालयका शिक्षकहरू बताउँछन् ।

त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईले बताए ।

त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाका अनुसार कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थी चार दिनदेखि चिसो बढेर शीतलहर सुरू भएसँगै २५ प्रतिशतमात्र उपस्थिति भएको शिक्षक थापाले बताए ।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका रामदेव चौधरीले शीतलहर र हुस्सुसमेत सुरू भएकाले घरका नानीहरू विद्यालय जान सक्ने अवस्था नरहेकाले दिनभर घरमा नै न्यानो लुगा ओढेर बस्न थालेको बताए । चिसो बढेकाले नानीहरूलाई विद्यालय पठाइयो भने असर गर्ने भन्दै अभिभावकहरूले विद्यालय पठाउन छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई