इतिहासकै सबैभन्दा महँगो एलएको डढेलो

वासिङ्टन डीसी, २६ पौष । अमेरिकाको क्यालिफोनिर्याको लस एन्जलस (एलए) सहरमा केही दिनदेखि जङ्गली डढेलो सल्किरहेको छ ।

सहरी बस्तीसम्म आइपुगेको यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा महँगो डढेलोमध्ये एक भएको विज्ञहरूले बताइरहेका छन् । अहिलेसम्म डढेलोका कारण भएको क्षति ५० अर्ब डलरभन्दा माथि पुगिसकेको विज्ञहरू बताउँछन् । 

निजी प्रक्षेपणकर्ता एक्यूवेदरको प्रारम्भिक प्रक्षेपणअनुसार डढेकोका कारण भएको क्षति ५२ अर्ब डलरदेखि ५७ अर्ब डलरको बीचमा छ । डढेलोले अमेरिकामा सबैभन्दा महँगो मानिएको स्थानको घरहरूसमेत जलाएर खरानी बनाएको छ । अहिलेसम्म यसमा परेर झन्डै २ हजार घर जसिलसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । 

एक्यूवेदरका प्रमुख मौसमविद् जोनाथन पोर्टरले यसलाई भयानक विपद् भनेका छन् । २०१८ मा उत्तरी क्यालिफोनिर्यामा भएको जङ्गली डढेलोमा ८५ जनाको मृत्यु भएको थियो भने ५० हजारभन्दा धेरै विस्थापित भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र

काठमाडौँ, २३ असोज । नेकपा एमालेका नेता महेश बर्तौलाले सांसद पद राज्यका संस्थाहरूलाई तर्साउन, धम्क्याउन पाउने लाइसेन्स नभएको बताएका छन्

काठमाडौँ, २३ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्

काठमाडौँ, २३ असोज । शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (११औँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ