साफ च्याम्पियनसिप नयाँ संरचनामा हुने

काठमाडौँ, २५ पौष । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले यस वर्ष हुने साफ च्याम्पियनसिपको होम एन्ड अवे संरचनामा आयोजना गर्ने भएको छ । 

साफको बिहीबार नेपालमा बसेको कार्यसमिति बैठकले यस वर्ष जुन १५ देखि जुलाई २५ सम्म प्रतियोगिता आयोजना मितिसमेत निर्धारण गरेको हो ।

यस्तै, बैठकले साफका निश्चित प्रतियोगिताको मार्केटिङ अधिकार स्पोटफाइभलाई प्रदान गरेको छ । “हामी प्रतियोगिताको होम एन्ड अवे संरचनालाई कायम राख्न सक्दो प्रयास गर्नेछौँ । तर, पछि त्यसमा केही समस्या आएमा हामी यस वर्षको प्रतियोगिता मध्यस्थ भूमिमा आयोजना गर्नेछौँ,” साफका महासचिव अन्वरुल हकले बैठकपछि भने । 

बैठकले साफ प्रतियोगिताको इतिहासमा पहिलोपटक क्लब च्याम्पियनसिप आयोजना गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार प्रतियोगिताको पहिलो संस्करणमा आठ टिमको सहभागिता हुनेछ । प्रतियोगिताका निम्ति एएफसी क्लब वरीयताको शीर्ष स्थानमा रहने राष्ट्रबाट दुई क्लबले सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सरेको

काठमाडौँ, १४ भदाै । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको

काठमाडौँ, १४ भदौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित घर फर्किने क्रममा सवार यात्रुवाहक बस नवलपरासी

काठमाडौँ, १४ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा महारुद्री,