काठमाडौँ, २३ पौष । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड विपरीत ९७ वटा पानीका जार नष्ट गरेको छ ।
विभागले मोबाइल फुड ल्याब भ्यान मार्फत अनुगमन गर्दा चन्द्रागिरि नगरपालिका क्षेत्रका मापदण्ड विपरीत ९७ वटा पानीका जार नष्ट गरेको हो ।
सो क्षेत्रका ६ वटा प्रशोधित पिउने पानी उद्योगहरूको निरीक्षण अनुगमन तथा मोबाइल फुड ल्याब भ्यान प्रयोग गरी प्रशोधित पिउने पानीका नमुनाहरू परीक्षण गरेको थियो । निरीक्षणको क्रममा सफा जारहरू प्रयोग गर्नुपर्नेमा पुराना तथा कुच्चिएका जारहरूको प्रयोग गरेको पाइएका ९७ थान जार नष्ट गरिएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए ।





