नेपाल सुपर लिगका लागि खेलाडीको अक्सन फेब्रुअरीको तेस्रो हप्तामा हुने

काठमाडौँ, २० पौष । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा तेस्रो सिजनका लागि खेलाडीको अक्सन आउँदो फेब्रुअरीको तेस्रो हप्ता हुने भएको छ ।

प्रतियोगिता शुरू हुनु एक महिना अगाडि खेलाडीको अक्सन गर्न लागिएको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ । एनएसएलको तेस्रो सिजन आउँदो मार्च २९ अर्थात चैत १६ गतेदेखि सञ्चालन गर्ने यसअघि घोषणा भइसकेको छ ।

एनएसएलको पहिलो संस्करणमा काठमाडौँ रेजर्स र दोस्रो संस्करणमा ललितपुर सिटी एफसी च्याम्पियन भएको थियो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले चार वर्षे सम्झौतासहित सन् २०१९ मा नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टलाई एनएसएल आयोजना गर्ने अधिकार दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, वित्तीय अवस्था, उत्पादन क्षमता, व्यवस्थापकीय कमजोरी,

काठमाडौँ, १२ असोज । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी दिनमा पर्वतीय कूटनीतिलाई अझ सशक्त बनाउँदै जलवायु न्यायमा नेपालको

काठमाडौँ, १२ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate