विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण

काठमाडौँ, १९ पौष । कैलालीको टीकापुर नगरपालिका– ४ ले कक्षा ९ देखि १२ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ ।

वडाले साइकल नभएर टाढा विद्यालय हिँडेर जान बाध्य छोरीहरुको शैक्षिक विकासका सहयोग होस् भनी साइकल वितरण गरेको जनाएको हो ।

वडाध्यक्ष लालविर चौधरीले समाज निर्माणमा ठूलो भूमिका महिलाको हुने भएकाले महिला शिक्षित हुनुपर्छ भनेर छोरीलाई अघि बढाउन र स्थानीय सरकार भएको आभाष गराउन साइकल दिएको बताए । “यति धेरै समस्या र गरिबी भएर पनि छोरीहरु पढाइमा अब्बल छन्”, उनले भने “यस्ता छोरीहरुको सहयोगी सरकार बन्नुपर्छ भनी यो सहयोग गरेका हौँ ।”

टीकापुर नगरपालिका–४ ले वडामा रहेका १८ जना छात्रालाई साइकल किनिदिएपछि अन्य छात्रा पनि यस्तै सोचिरहेका छन् । साइकल पाएपछि छात्रा मात्र होइन उनीहरुका अभिभावक पनि खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ