साउदी अरबमा ६ इरानीलाई फाँसी

रियाद, १८ पौष । साउदी अरबले ६ जना इरानी नागरिकलाई फाँसी दिएको छ ।

लागू औषध तस्करीको मामिलामा ती ६ जनालाई बुधबार फाँसीको सजाय दिइएको हो ।

इरानले साउदीको यो कदमको चर्को आलोचना गरेको छ । साउदीको आन्तरिक मन्त्रालयले बताएअनुसार चरेस तस्करी गरेर साउदीमा ल्याउने क्रममा ६ जना इरानी नागरिक समातिएका थिए । मृत्युदण्डको सजायविरुद्ध परेको याचिका साउदीको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो ।

सजाय इस्लामिक कानुन अनुसार दिइएको र नागरिकलाई लागू औषधको चपेटामा पर्नबाट बचाउन यो कदम लक्षित भएको मन्त्रालयले बताएको छ । 

यो निर्णयको विरोध गर्दै तेहरानमा इरानको विदेश मन्त्रालयले देशका लागि साउदी राजदूतलाई बोलाएका थिए । फाँसीको फैसला न्यायिक सहकार्य गर्ने प्रवृत्तिको विरुद्ध भएको आन्तरिक मन्त्रालयका अधिकारी मोजतबा शस्ती कारिमीले भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले