मोन्टेनेग्रोमा गोली चल्दा १० जनाको मृत्यु

एजेन्सी, १८ पौष । युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार भएको गोलीकाण्डमा मर्नेमा दुई बालबालिका पनि रहेका छन् । सरकारी टिभी च्यानल आरटीसीजीले पुलिस अधिकारीहरूलाई उद्धृत प्रशारण गरेको समाचार अनुसार घटना सेन्टिजेमा रहेको एउटा रेस्टुराँमा भएको थियो । अतिथिहरूसँग भनाभन पछि यो घटना भएको बताइएको छ ।

आक्रमणकारीले आफूलाई पनि गोली हानेको पछि पुष्टि भएको थियो । मोन्टेनेग्रो सरकारले बिहीबारदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री मिलोज्को स्पाजिकले गोलीबारीलाई ‘भयानक दुर्घटना’ भनेका छन् । आक्रमणकारीले आफ्नो परिवारका सदस्यलाई समेत मारेको बताइएको छ ।  यस क्रममा रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या भएको गृहमन्त्री दानिलो सारानोभिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)