कोभिड महामारी फैलिएको पाँच वर्षपछि डब्लूएचओले चीनसँग तथ्याङ्क माग्यो

एजेन्सी, १७ पौष । विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले चीनसँग विश्वभर फैलिएको कोभिड–१९ महामारीको उत्पत्तिसँग सम्बन्धित तथ्याङ्क मागेको छ ।

बीबीसीका अनुसार डब्लूएचओले पाँच वर्षअघि चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ महामारीबारेको सम्पूर्ण तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको हो । कोभिड महामारीको पाँच वर्ष पूरा भएपछि नैतिक र वैज्ञानिक आवश्यकता भन्दै डब्लूएचओले तथ्याङ्क मागेको हो ।

डब्लूएचओले निकालेको विज्ञप्तिमा विभिन्न देशहरू बीचको पारदर्शीता, साझेदारी र सहयोगविना विश्वले भविष्यमा हुने महामारी र सङ्क्रमणलाई रोक्न र तयारी गर्न नसक्ने उल्लेख गरेको छ ।

धेरै वैज्ञानिकहरूले यो भाइरस जनावरहरूबाट मानिसमा फैलिएको बताएका छन् तर केही अझै पनि यो वुहानको प्रयोगशालाबाट उत्पन्न भएको शङ्का गरिरहेका छन् । चीनले भने कोभिडसम्बन्धी जानकारी केही नलुकाइ साझा गरेको दाबी गरेको छ ।

डब्लूएचओले रोगको उत्पत्तिको बारेमा बुझ्न थप तथ्याङ्क र पहुँचको आग्रह गरेपछि चीनको प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले