दक्षिण कोरियामा अपदस्थ राष्ट्रपतिको नाममा पक्राउ पुर्जी जारी

एजेन्सी, १६ पौष । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न पुर्जी जारी भएको छ । डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

मार्शल ल लगाएको विषयमा यूनमाथि विद्रोह र देश द्रोहको अभियोगमा कयौं अनुसन्धान भइरहेको अनि विगत दुई हप्तामा सोधपुछका लागि भएको बोलावटलाई यूनले वेवास्ता गरेकै समयमा पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार राति अनुसन्धानकर्ताहरूले राजद्रोह गरेको अनि शक्ति दुरुपयोग गरेको अभियोगमा यूनलाई पक्राउ गराउन खोजेका थिए । यस कदमलाई यूनका वकिलले चाहिँ गैरकानूनी भनिरहेका छन् । मार्शल ल लगाउने यूनको असफल प्रयासपछि दक्षिण कोरिया राजनीतक संकटमा फसेको छ । 

यो कदमपछि संसदले यूनलाई महाभियोग लगाएर पदच्यूत गराएको थियो । त्यसपछि कार्यबाहक राष्ट्रपति बनाइएका प्रधानमन्त्री हान डक–सुलाई पनि दुई हप्ता नबित्दै महाभियोग लगाएर हटाइयो । पक्राउ पुर्जी जारी हुने यून दक्षिण कोरियाका पहिलो सत्तासिन राष्ट्रपति हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव योगेश भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई तीन सुझावहरु दिएका छन् । आफ्नो

काठमाडौँ, २४ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि मात्र होइन; भविष्यका चुनौती र अवसरका लागि

काठमाडौँ, २४ असाेज । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार

काठमाडौँ, २४ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले