शिक्षा समाजको आधारभूत स्तम्भ : उपराष्ट्रपति यादव

काठमाडौँ, १५ पौष । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले सोमबार उदयपुर चौदण्डीगढी नगरपालिका–८ स्थित सरस्वती मावि सावाको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय बदलिँदो विश्व परिवेश र प्रविधि युगअनुरूप शिक्षा प्रणाली, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलाप आदि परिष्कृत र परिमार्जित गर्दै व्यावहारिक बनाउन उत्तिकै आवश्यक रहेको समेत उल्लेख गरे । 

उपराष्ट्रपति यादवले समाजमा सबैमा समानताको भावना जागृत गर्न एवं देशको विकास र समृद्धिमा सहयोग गर्न पनि शिक्षालाई आजको आवश्यताअनुसार परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिए । शिक्षा भनेको समाजको आधारभूत स्तम्भ भएको बताउँदै उनले शिक्षाले मानिसलाई आत्मनिर्भर, सशक्त र सचेत नागरिक बनाउने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित