पुटिनले मागे माफी

मस्को, १४ पौष । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका राष्ट्रपतिसँग आफ्नो देशको हवाई क्षेत्रमा भएको ‘दुःखद घटना’ माफी मागेका छन् ।

रुसले युक्रेनी ड्रोन आक्रमणबाट जोगाउन आफ्नो वायु रक्षा प्रयोग गर्दा अजरबैजानको एक यात्रु विमान दुर्घटनाग्रस्त भएको बताइएको छ ।

तर, शनिबार विज्ञप्ति जारी गर्दै पुटिनले अजरबैजानी विमान खसालेमा रुसको भूमिका रहेको बताएनन् । अजरबैजानी विमान बुधबार कजाकिस्तानको अक्ताउ सहरमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ । यो विमान अवतरण गर्ने बित्तिकै यसमा आगो लाग्यो। त्यति बेला विमान रुसको दक्षिणी भागबाट फर्कँदै थियो । दक्षिणी रुसमा युक्रेनी ड्रोन आक्रमण भइरहेको थियो र रुसी वायुसेना तिनीहरूलाई रोक्नमा व्यस्त थियो । उक्त विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, २५ असाेज । जिल्लाकाे सूर्यविनायक नगरपालिकामा अन्तर वडा स्तरीय फुटवल प्रतियोगिता शुरू भएकाे छ । प्रतियोगिताकाे पहिलाे खेल वडा

काठमाडौँ, २१ असोज । बेनिनविरुद्ध ३–० को सहज जित निकाल्दै अर्जेन्टिनाले आफ्ना कप्तान लियोन मेसीको सुखद बिदाइ गरेको छ । बुधबार

काठमाडौँ, १६ असोज । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमान, क्यानडा र नेपाल सम्मिलित त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि नेपालको टोली घोषणा

काठमाडौँ, १५ असोज । भुटानविरुद्धको टी–२० अभ्यास खेल खेल्ने क्यानको अन्तिम टोली घोषणा भएको छ । बुधबार नेपाल क्रिकेट संघ(क्यान)